+

तोलामा ७ सयले बढ्यो सुन

काठमाडौँ । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ३७ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।  शुक्रबारको तुलनामा आइतबार २ हजार २ सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । 

तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ । 

आइतबार प्रतितोला  एक हजार सात सय कारोबार भएको चाँदीको आज एक हजार सात सय १५ रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै