+

नेप्से झिनो अंकले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ३५ अंकले ओरालो लागेर २ हजार २३ दशमलव ३५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अंकले उकालो लागेर ३ सय ५८ दशमलव २० मा पुगेको छ ।

विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर,  ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ रुपैयाँमा कारोबार भएको छ । कारोबार भएकामध्ये आज १ सय २७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । १ सय ८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य ९ दशमलव ७२, डोल्टी पावर कम्पनी ९ दशमलव ३५, राप्ती हाइड्रोपावर ९ दशमलव २३ र मिथिला लघुवित्तको शेयर मूल्य ८ दशमलव ७० प्रतिशत बढेको छ ।

आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष ४ दशमलव ४१, तेह्रथुम पावर कम्पनी ४ दशमलव ३८, तारागाउँ रिजेन्सी होटल ३ दशमलव ९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य ३ दशमलव ९१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै