+

हस्तकला सामग्री निर्यात घट्यो

काठमाडौँ । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । 

हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिनुभएको छ। उहाँका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । 

गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताउनुभयो  । ‘युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ’ उहाँले भन्नुभयो– ‘यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।’
 
हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष १२ अर्ब रुपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै ८ अर्ब रुपैयाँको निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै