+

लागुऔषधसहित दुई महिला पक्राउ

काठमाडौँ । प्रहरीले सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरेको छ ।  प्रहरीले काठमाडोंको सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित महिललाई पक्राउ गरेको हो । 

चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेतलाई लागुऔषधसहित पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभएको छ । परिवार र बस्नेतलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । 

प्रहरी प्रवक्ता अधिकारीका अनुसार लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ ।

परियारको साथबाट ६ हजार ३ सय ५० तथा बस्नेतको साथबाट ४ लाख १० हजार रुपैयाँ समेत नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पक्राउ परेका परियार र बस्नेतको डेरामा छापा मार्दा लागुऔषधसहित नगद बरामद गरिएको र त्यसबारे अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै