+

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । हिजो सामान्य सुधार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेको छ । 

नेप्से परिसूचक बुधबार १० दशमलव ७१ अंकले घटेर २ हजार २५ दशमलव ३० को बिन्दुमा अडिएको छ । आज ३ सय ८ कम्पनीको ८६ लाख ९६ हजार ९ सय १८ कित्ता शेयर,  ६१ हजार ४ सय २० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २ दशमलव ५० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ । जीवन बीमा समूह एक दशमलव २५, लघुवित्त एक दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बीमा समूह एक दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको  १२ करोड ५४ लाख ८८ हजार रुपैयाँ  बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको २ लाख ५६ हजार ७ सय ८ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै