+

शेयरमा आज ४ अर्ब बढीको कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । 

नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेर २ हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

आज तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय १६ कित्ता शेयर, ७२ हजार २ सय ६१ पटक खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
     
आज होटल तथा पर्यटन समूह शून्य दशमलव ६८, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४६ र लघुवित्त समूह एक दशमलव १४ प्रतिशतले घटेका छन् ।  अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ७९ र अन्य समूह दुई दशमलव ४२ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव ६७, जलविद्युत् शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ४९, म्युचअल फन्ड शून्य दशमलव ५०, निर्जीवन बीमा एक र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान ९ दशमलव ९९ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  १८ करोड ८ लाख १० हजार ९ सय २० रुपैयाँ बराबरको ३ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै