+

शोधनान्तर ३ खर्ब २७ अर्बले बचतमा

काठमाडौँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवका ८ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति  एक खर्ब ४२ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको त्यही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा  दुई अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ ।  

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता एक खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचत रहेको छ । अघिल्लो वर्षको त्यही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा  एक अर्ब २५ करोड रुपैयाँले बचत रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० दशमलव दुई प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड कायम भएको छ ।  खुद प्रत्यक्ष वैदेशिक लगानी  पाँच अर्ब ६३ करोड रुपैयाँँ ले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै