+

नेप्से फेरि उच्च अंकले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले उकालो लागेको छ । नेप्से परिसूचक २  हजार १ सय विन्दुभन्दा माथि पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले उकालो लागेर २  हजार १ सय विन्दुभन्दा माथि पुगेको छ । नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले उकालो लागेर २ हजार १  सय ६ मा पुगेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शुन्य ५ अङ्कले उकालो लागेर ३ सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । त्यो कम्पनीको  ३७ करोड ४३ लाख ४८ हजार २ सय २ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सोल्टी होटलको २८ करोड ७३ लाख २४ हजार ३ सय ३१, सोनापुर मिनरल्सको १६ करोड ७१ लाख ४२ हजार ७ सय ५५, हाथवे इन्भेस्टमेन्टको १४ करोड २९ लाख ३० हजार ५ सय ८८ र घोराही सिमेन्टको  १३ करोड ३० लाख ८६ हजार ३ सय ९८ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

विभिन्न १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो ७ दशमलव २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना ४ दशमलव ९०, प्रभु बैंकको ऋणपत्र ३ दशमलव ८३, सानिमा बैंकको ऋणपत्र ३ दशमलव ७८ र पिपल्स पावरको लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै