+

विदेशबाट फर्किएर खुकुरी प्रहार गरी पत्नीको हत्या

झापा । बाह्रदशी गाउँपालिका एक पुरुषले विदेशबाट फर्किएर खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।  गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले  परपुरुषसँग लागेको आरोप लगाउँदै पत्नीको हत्या गरेका हुन् । 

चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका देवनारायणले पत्नी ३३ वर्षीया ममसरी राजवंशीको हत्या झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभएको छ । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ ।

पत्नीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले बताउनुभयो ।  ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै