काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् ।
विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका कालीबहादुर कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका हुन् । व्यापारी श्रेष्ठलाई कालीबहादुर लगायतका माओवादी समूहले काठमाडौँबाट अपहरण गरी चितवनमा लगेर २०६५ साल जेठ ६ गते हत्या गरेका थिए । हत्या प्रकरणमा जोडिएका भनिएका गोविन्दबहादुर बटाला ‘जीवित’ ले भने यसअघि नै अदालतबाट सफाई पाइसकेका छन् ।
माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर कालीबहादुर भने व्यापारी श्रेष्ठ हत्या प्रकरणमा पक्राउ पुर्जी जारी भएदेखि फरार थिए । कालीबहादुरलाई श्रेष्ठ हत्या प्रकरणका प्रमुख योजनाकार मानिएको छ ।
कालीबहादुर अहिले माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको संयोजक माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर