+

झिनो अकंले घट्यो नेप्से

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक मंगलबार झिनो अकंले घटेको छ । 

नेप्से परिसूचक १ दशमलव ८५ प्रतिशतले घटेर २ हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३ सय १२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता शेयर, ४६ हजार २ सय ३५ पटक खरिदबिक्री हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५  रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य दशमलव ०४, जीवन बीमा शून्य दशमलव १९, लघुवित्त एक दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ३० र व्यापार समूह शून्य दशमलव ३२ प्रतिशतले बढेका छन्,  अरु सबै समूहको उपसूचक घटेको छ ।  बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८ दशमलव ६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य ७ दशमलव ५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको  १४ करोड ९८ लाख ८४ हजार ९ सय १ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको ३ लाख २० हजार ३ सय ६४ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै