+

शेयर बजार : दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अंकले ओरालो लागेको छ । सोमबाको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर २ हजार १२ दशमलव ०७ अंकमा अडिएको छ ।

आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता शेयर, ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएकोे छ । 
कारोबारमा होटल र पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक शून्य दशमलव २० प्रतिशतले बढेको छ । साथै बाँकी समूहको उपसूचकमा कमी देखिएको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९ दशमलव ४४ प्रतिशतले बढेको छ ।

रिभल फल्स पावर लिमिटेडको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले घटेको छ ।  हिमालयन हाइड्रोपावर लिमिटेडको ६ दशमलव २७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ६ दशमलव १७ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५ दशमलव ७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै