+

ट्याक्सी चालकलाई कुटेर लुट्ने पक्राउ

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका- ६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरुङ रहेको जिल्ला प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पक्राउ परेकाहरुले चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा  बूढानीलकण्ठ नगरपालका १२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी वान प्लस ७ टी मोबाइल, ब्लुबुक, एचपी १५ ल्यापटप एक, रातो कलरको वालेट एक तथा १८ हजार रुपैयाँ लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुलाई बसुन्धारा चोकबाट पक्राउ गरेको र अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै