+

नेप्से सामान्य अंकले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।  नेप्से ५ दशमलव ७८ अंकले उकालो लागेर २ हजार ३५ दशमलव ६४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर ३ सय ५९ दशमलव शून्य ९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कूल ६६ लाख १४ हजार ४ सय ४५ कित्ता शेयर, २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँमा कारोबार भएको छ । कारोबार आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । त्यो कम्पनीको  १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँ बराबरको कारोबार भयो ।

गुर्खाज फाइनान्स १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट  १५ करोड ३९ लाख ३३ हजार ६ सय ४९, सोनापुर मिनरल्स  ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर ७ करोड ३ लाख २३ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९ दशमलव ९६, हिमालयन हाइड्रोपावर ८ दशमलव ७३, सामलिङ पावर कम्पनी ८ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् । 

उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड ६ दशमलव ८०, जोशी हाइड्रोपावर ३ दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३ दशमलव २८ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै