+

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ ।  धेरै दिनपछि हिजो अकस्मात उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक फेरि दोहोरो अंकले कमी आएको छ ।

आज नेप्से परिसूचक १० दशमलव ८३ अंले घटेर २ हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो । बुधबार ३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर, ४४ हजार २ सय ४९ पटक खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ ।  अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ७२ लाख २२ हजार ३ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २ लाख ३० हजार १ सय ८२ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै