+

नेप्से दोहोरो अंकले वृद्धि

काठमाडौँ । केही दिनदेखि घटेको  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने उकालो लागेको छ । 

नेप्से आज दोहोरो अंकले वृद्धि भएको हो । परिसूचक १० दशमलव १४ अंकले बढेर २ हजार ४१ दशमलव ७० को बिन्दुमा अडिएको छ । मंगलबार विभिन्न ३ सय १० कम्पनीका ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता शेयर, ४९ हजार ५ सय १२ पटक खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय  ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् ।  अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २ दशमलव ११ र जलविद्युत् समूह १ दशमलव ५८ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ३५ प्रतिशतले घटेको छ ।
    
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  २ लाख ३४ हजार ६ सय २४ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै