+

पत्नी हत्या आरोपमा पति पक्राउ

बाँके  । कोहलपुरमा पतिले धारिलो हतियार प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । कोहलपुर  नगरपालिका वडा नम्बर १४ बस्दै आएका २२ वर्षीय अनिल विकले २१ वर्षीया पत्नी सुशीला सुनारको  हत्या गरेको जिल्ला प्रहरीले जनाएको  छ।

आपसी झैझगडाको  कारण घटना भएको  कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले बनाउनुभयो । प्रहरीका अनुसार बर्दियाको बाँसगढीका अनिल दम्पती कोहलपुर १४ स्थित पार्वतीपुरमा बस्दै आएका थिए । 

सोमबार राति आपसी झगडामा अनिलले पत्नी सुशीलालाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाए । गम्भीर घाइते सुशीलालाई नेपालगन्ज मेडिकल कलेज पुर्याइएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन । अनिललाई प्रहरीले पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै