+

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेको छ । 

नेप्से १७ दशमलव ०१ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव २२, विकास बैंक एक दशमलव ४९, वित्त शून्य दशमलव ८५, जलविद्युत् एक दशमलव १२ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । जीवन बीमा समूह शून्य दशमलव ९६, उत्पादन दुई दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव ७७ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको २८ करोड ९० लाख २५ हजार ८ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै