+

सशस्त्र प्रहरीद्वारा अवैध कपडा बरामद

धनुषा । धनुषामा सशस्त्र प्रहरीले ७ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । 

सशत्र प्रहरी बल ८ नम्बर गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट शनिबार लत्ताकपडा र स्याउ लगायतका सामग्री बरामद गरेको हो । भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको टोलीले  सामग्री बरामद गरेको गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले जानकारी दिनुभएको छ ।

प्रहरीले कपडासँगै ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै