+

नेप्से फेरि ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक फेरि ओरालो लागेको छ । 


बुधबार सामान्य अंकले घटेको नेप्से परिसूचक आज फेरि २७ दशमलव ८४ अंकले ओरालो लागेर २ हजार ८० दशमलव ८७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अंकले घटेर ३ सय ६९ दशमलव ८१ मा सीमित भएको हो । आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा कमी आएको छ ।

बिहीबार कूल एक करोड १४ लाख ८३ हजार छ सय १७ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ३५ लाख ९२ तीन सय दुई मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ । त्यो कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ रुपैयाँ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट  २४ करोड चार लाख ५० हजार ५ सय २९, सोनापुर सिमेन्ट  १६ करोड २४ लाख ३४ हजार ८ सय ५०, गुर्खाज फाइनान्स १२ करोड ७६ लाख ६५ हजार ६ सय ८९ र हिमालयन रिइन्स्योरेन्स ९ करोड ८४ लाख १२ हजार ७ सय १८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त नौ दशमलव ९२, गुर्खाज फाइनान्स ८ दशमलव शून्य ८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ७१ प्रतिशतले कमाएका छन् ।

स्वाभिमान लघुवित्त ६ दशमलव शून्य २, जाल्पा सामुदायिक लघुवित्त ५ दशमलव ६६, देउराली लघुवित्त ५ दशमलव ३१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ५ दशमलव २० र एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै