+

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय बढेर एक लाख २५ हजार ८ सय  रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य  प्रतितोला ८ सयले वृद्धि भई प्रतितोलाएक लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सयरुपैयाँ  थियो ।

बिहीबार चाँदीको मूल्य समेत तोलामा ५० ले बढेर  एक हजार ५ सय १५ रुपैयाँँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै