काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले कमी आएको छ । आज नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेर २ हजार १ सय ८ दशमलव ७२ अंकमा अडिएको छ ।
बुधबार ३ सय १० कम्पनीका १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता शेयर, ७३ हजार ५ सय ६ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
विकास बैंक समूह शून्य दशमलव ३५, वित्त समूह दुई दशमलव ३२, जीवन बीमा शून्य दशमलव ०९, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव १०, होटल तथा पर्यटन एक दशमलव १४, जलविद्युत् एक दशमलव ०९, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य दशमलव १४, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेका छन् ।
सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ५८ प्रतिशतले बढेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ८ लाख ४६ हजार १ सय ४६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर