+

लगानी कम्पनी स्थापना हुने

काठमाडौँ । लगानी कम्पनी स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना गर्न लागिएको हो । 

महासङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको छ । कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी  १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासङ्घका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभामा बोल्नुहुँदै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताउनुभयो । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउनुहुँदै अध्यक्ष ढकालले महासङ्घको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलको ऐक्यवद्धता खोजिने पनि उहाँको भनाई छ ।

महासङ्घले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुङ्गा सावित भएको ढकालको दाबी छ ।  आर्थिक बहस आयोजनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउनुहुँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै