+

अर्थमन्त्री पुनलाई नेप्सेको हरियो स्वागत

काठमाडौँ । अर्थमन्त्री फेरिन लागेकै दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । अर्थमन्त्रीमा नेपाली काग्रेसका डा प्रकाशशरण महत हटेर नेकपा माओवादी केन्द्रका वर्षमान पुन आएकै दिन नेप्सेले हरियो स्वागत गरेको हो । 

सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अंकको कमीपछि आज बजार सम्हालिएको हो ।  परिसूचक ९ दशमलव ३३ अंकले बढेर २ हजार १७ दशमलव ०३ पुगेको छ । आज विभिन्न ३ सय ८ कम्पनीका ९१ लाख ३८ हजार १ सय ५४ कित्ता शेयर, ५८ हजार ९ सय ४० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको छ । 

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ दशमलव ६७, गुर्खाज फाइनान्सको ८ दशमलव ०९ र सीवाईसी नेपाल  लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । 

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड(१ को शेयर मूल्य ५ दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार ८ सय ७ रुपैयाँ बराबरको ६ लाख ५७ हजार ७ सय ३९ कित्ता शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै