काठमाडौँ । भक्तपुरमा १० दिनअघि भएको हत्या घटनामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् ।
तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर २ का गोपाल ढकाल फागुन १० गते भक्तपुरमा मृत अवस्थामा फेला परेका थिए । ढकालको शव सूर्यविनायक नगरपालिका–८ स्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो । ढकालको हत्या आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको छ । सुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । घटनापछि फरार भएका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ बाट शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार सुवालले फागुन १० गते ढकालकी श्रीमती रेनुलाई टेलिफोन गरी श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनेका थिए । रेणुले त्यो व्यहोरासहित प्रहरीमा जाहेरी दिएपछि त्यसबारे छानविन गरी सुवाल पक्राउ परेका हुन् । त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले ढकालको शव सूर्यविनायक नगरपालिका–८ स्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो । प्रहरीले ढकाल र सुवालबीच आपसी झगडापछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । ढकालाई सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार सुवाल र ढकालबीच २, ३ दिनअघि खाजाघरमा चिनजान भएको थियो । चिनजानपछि सुवालले ढकाललाई आफू बस्ने घरमा लिएर गएका थिए । त्यसै क्रममा झगडा भई ढकालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर