+

फेरि उच्च अंकले घट्यो नेप्से

काठमाडौँ ।  हिजोदेखि ओरालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । नेप्से परिसूचक बिहीबार २८ दशमलव ६८ अंकले ओरालो लागेर १ हजार ९सय ७२ दशमलव शून्य ९ मा अडिएको छ । 

बिहीबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अंकले ओरालो लागेर ३ सय ५१ दशमलव ६५ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता शेयर, २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रुपैयाँमा कारोबार भएको छ । 

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको  ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार ४ सय ५५, हिमालयन रिइन्स्योरेन्स  ८ करोड ३ लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट ६ करोड ५९ लाख ९१ हजार ६ सय ९६ र शिवम् सिमेन्ट ५ करोड २१ लाख १२ हजार ८सय ७० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
 
बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ९ दशमलव ८६, मानुषी लघुवित्त ३ दशमलव ९८, समाज लघुवित्त ३ दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतले गुमाएका छन् । 

जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८ दशमलव ६२, मैलुङ हाइड्रोपावर ८ दशमलव शून्य एक, इन्ग्वा हाइड्रोपावर ७ दशमलव ५८ र एनआइसी एशिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै