+

घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

मोरङ ।  जिल्लामा  साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत  ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको चैत ३ गते विराटनगरमा हुने  २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले त्यो जानकारी दिनुभएको हो ।

अधिवेशनमा जिल्लामा उत्पादित  कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न  वस्तु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित  एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ ।

अध्यक्ष निरौलाले जिल्लाका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले  प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ५ लाख, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौँ अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा २० लाख रुपैयाँ उपलव्ध गराएको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै