+

झिनो अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले कमी देखिएको छ। बुधबार नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर २ हजार दशमलव ७७ को विन्दुमा कायम भएको छ । 

बुधबार ३ सय ८ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता शेयर, ४१ हजार ६ सय ७९ पटक खरिदबिक्री हुँदा २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ  ।  १ सय ७० कम्पनीको शेयर मूल्य घटेको छ । 

सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले ६ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको  १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको २ लाख ७७ हजार दुई सय २० कित्ता शेयर किनबेच भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै