+

जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार पक्राउ परेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल निकट मानिने बर्तौलालाई आक्रमण गराएर फरार भएको मुख्य योजना मोरङका ३५ वर्षीय क्रान्ति बराइली भन्ने निलम विश्वकर्मालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीका अनुसार  विश्वकर्माले  २०८० कात्तिक २२ काठमाडौँ महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरेर घाइते बनाई फरार भएका थिए । बर्तौलालाई धारिलो हतियार (खुकुरी र रड) प्रहार गरी घाइते बनाएको घटनामा विश्वकर्म मुख्य योजनाकार समेत रहेको  प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले यसअघि त्यो घटनामा संलग्न बाँके कोहलपुरका २४ वर्षीय शेरबहादुर थारु, बाँकेकै २६ वर्षीय आशीष लामिछाने मगर र झापाका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधानलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

पक्राउ  परेका विश्वकर्माले बर्तौलालाई कुटपिट गर्नका लागि शेरबहादुर थारुलाई  ५० हजार र टेकबहादुर प्रधानलाई दुई लाख रुपैयाँ दिएको अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै