+

दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । 

परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार ९ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो । गत मङ्सिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो । आज विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार ९ सय ३० कित्ता शेयर, ७१ हजार ८सय ८० पटक खरिदबिक्री हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् । अरु सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह एक दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ४२ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । यो कम्पनीको  २५ करोड १८ लाख १२ हजार २ सय ४२ रुपैयाँ बराबरको चार लाख १५ हजार ९ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै