+

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई  पक्राउ गरिएको हो । 

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो उनीसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी प्रधान कार्यालय साइबर व्यूरो टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि उनलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ । 

यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै