+

फेरि उच्च अंकले घट्यो नेप्से

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार फेरि उच्च अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २० दशमलव ७६ अंकले ओरालो लागेर २ हजार ५ दशमलव ८३ मा अडिएको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अंकले ओरालो लागेर ३ सय ५९ दशमलव ५७ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने कमी आएको छ ।

कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर, ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । त्यो  कम्पनीको  १४ करोड ८७ लाख ९७ हजार १ सय ७८ रुपैयाँबराबरको कारोबार भएको छ । 

गुर्खाज फाइनान्स  १४ करोड एक लाख १० हजार ६ सय ८८,जोशी हाइड्रोपावर ८ करोड ९३ लाख ४८ हजार एक सय ६१, एनआइसी एसिया बैंक ६ करोड ४० लाख ३८ हजार १ सय ८० र न्यादी ग्रुप पावरको ६ करोड २४ लाख ४० हजार ३ सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर नौ दशमलव ८७, सामलिङ पावर ९ दशमलव ८५, बोटलर्स नेपाल बालाजु ८ दशमलव २४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ७३ प्रतिशतले कमाएका छन् ।

हिमालयन ऊर्जा विकास कम्पनी ७ दशमलव ६०, बाराही हाइड्रोपावर ६ दशमलव ६७, पिपल्स पावर कम्पनी ६ दशमलव २६, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव १३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले ५ दशमलव शून्य ८ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै