काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य कमी देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता शेयर ७६ हजार आठ सय तीनपटक खरिदबिक्री हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
विकास बैंक समूहको उपसूचक शून्य दशमलव २५, वित्त समूह शून्य दशमलव ७२, लगानी समूह शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७१ र अन्य समूह एक दशमलव १० प्रतिशतले बढेका छन् । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह शून्य दशमलव ४२, होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ३१, जीवन बीमा समूह शन्ूय दशमलव ४१, लघुवित्त शून्य दशमलव ७४, म्युचुअल फन्ड शून्य दशमलव ०५, निर्जीवन बीमा समूह शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।
बोटलर्स नेपाल ९बालाजु० लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३१ करोड ७३ लाख ७० हजार ९ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर