+

उच्च अंकले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले  घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक आइतबार २७ दशमलव २१ अंकले ओरालो लागेर २ हजार ३४ दशमलव ८२ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३५ अंकले ओरालो लागेर ३ सय ६५ दशमलव २० मा सीमित भएको हो । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमन कमी आएको छ । आइतबार  १ करोड सात लाख ७२ हजार ४सय ८३ कित्ता शेयर, ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयषँमा कारोबार भएको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक  १३ करोड ६५ लाख ६४ हजार १ सय ४०, जोशी हाइड्रोपावर १० करोड १४ लाख १ सय ९२, सगरमाथा जलविद्युत् कम्पनी ९ करोड २७ लाख ९३ हजार ५ सय ९८ र युनियन हाइड्रोपावर ७ करोड ६१ लख १८ हजार १ सय ७ रुपैयाँमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त ८ दशमलव २२, युनियन हाइड्रोपावर ६ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले ६ दशमलव शून्य ४ प्रतिशतले कमाएका छन् । 

सामलिङ पावर ८ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी ६ दशमलव १५, पाँचथर पावर कम्पनी ५ दशमलव ९१, बाराही हाइड्रोपावर ५ दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ५ दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै