+

२० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बिहीबार २० अर्ब रुपैयाँ  खिच्न लागेको हो । 

राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ ।  १४ दिनको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

बुधबार मात्रै १० अर्बको निक्षेप संकलन उपकरणको म्याद सकिएको छ ।  राष्ट्र बैंकले मंसिर लागेपछि मात्रै निक्षेप संकलन उपकरणमार्फत एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप खिचिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै