+

फेरि दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक फेरि दोहोरो अंकले घटेको छ । बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर २ हजार ६२ दशमलव शून्य ३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ७१ अंकले ओरालो लागेर ३ सय ६८ दशमलव ५६ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा कमी आएको छ । एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

बिहीबार कूल एक करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता शेयर,  ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ । त्यो कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २ सय ६७ रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

सगरमाथा जलविद्युत् कम्पनी  ११ करोड ५९ लाख ६५ हजार ६ सय २१, जोशी हाइड्रोपावर  १० करोड ७५ लाख ५८ हजार २ सय ८३, एनआइसी एसिया बैंक ८ करोड ७० लाख २३ हजार १ सय ८० र हिमालयन ऊर्जा विकास कम्पनी ८ करोड ५७ लाख ५१ हजार ९ सय ४५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् । 

मैलुङ खोला जलविद्युत् कम्पनी ५ दशमलव ७०, प्रोगेसिभ फाइनान्स ५ दशमलव ५८, माहुली लघुवित्त ५ दशमलव ४२, रिभर फल्स पावर ५ दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै