+

झापड हानेर पछार्दा शिशुको मृत्यु, घिसिङ पक्राउ

झापा । दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने एक व्यक्ति शिशु हत्या आरोपमा पक्राउ परेका छन् । शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै आएका ५० वर्षीय पञ्जवीर घिसिङ शिशु हत्या आरोपमा पक्राउ परेका हुन् । 

घिसिङलाई उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको शिशु एरित ओलीको हत्या आरोपमा पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ । 

प्रहरी प्रमुख रेग्मीका अनुसार एरित धेरै रोएको भन्दै घिसिङले झापड हानेका थिए । एरित त्यसपछि पनि नछाडेको कारण घिसिङले उनलाई पछारे ।  घिसिङले पछारेपछि  एरित घाइते भए । त्यसपछि शिशुलाई तत्काल उद्दार गरेर दमक अस्पताल पुर्‍याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिशुलाई  किओच बाल अस्पताल दमक लगिएको थियो । तर उपचारका क्रममा शिशुको मृत्यु भयो । शिशुको मृत्यु भएपछि प्रहरीले घिसिङलाई पक्राउ गरेको हो ।

घटना भएको बेला  घिसिङले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । प्रह।रीका अनुसार घटना अनुसन्धान तथा सोधपुछका लागि शिशुकी आमालाई समेत नियन्त्रणमा लिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै