+

करणी मुद्दामा १८ वर्ष कैद

तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । उनीविरुद्ध एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिनुभयो । परिवर्तित नाम २०७८/७९ चबहादुरले उनीविरुद्ध जाहेरी दिनुभएको थियो । प्रहरीले प्रतिवादीविरुद्ध २०७८ साल असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको हो । 

मुद्दामा अदालतमा १२ पटक पेशी तोकिएको थियो । माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेश गर्न भनेको थियो । त्यही बमोजिम आइतबार उनीविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै