+

पहिलो कारोबारमै ओरालो लाग्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारमै ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार १० दशमलव ५० अङ्कले ओरालो लागेर २ हजार ८५ दशमलव ८२ मा अडिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क ३ दशमलव ८९ अङ्कले ओरालो लागेर ३ सय ७४ दशमलव ७५ मा सीमित भएको हो । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार ३ उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । विभिन्न कम्पनीका १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता शेयर,  ४ अर्ब  ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको  ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भयो । 

एनआरएन इन्स्फास्ट्रचर  १२ करोड ४ लाख ३४ हजार ४ सय ३७, हिमालयन डिस्टिलरी ९ करोड २३ लाख २६ हजार ३ सय ८८, एनआइसी एशिया बैंक ८ करोड ४२ लाख ४ हजार ३  सय ३२ र हाथवे इन्भेस्टमेन्ट ८ करोड ३० लाख ७७ हजार ७ सय ३ रुपैयाँ मूल्यमा कारोबार भई शीषर्ए पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत् कम्पनी ६ दशमलव ४१,दोर्दी खोला जल विद्युत् कम्पनी पाँच दशमलव शून्य ८ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ४  दशमलव ९० प्रतिशतले कमाएका छन् ।

एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो १०,युनिलिभर नेपाल ७ दशमलव १४,गुराँस लघुवित्त ७ दशमलव १३,गणपति लघुवित्त ४ दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले ४  दशमलव ४७ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै