+

नलगाडमा वाणिज्य बैंकको शाखा स्थापना

जाजरकोट । राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्य सहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिनुभयो । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका सहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिनुभयो । भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई वाणिज्य बैंकको शाखा विस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताउनुभयो । 

वाणिज्य बैंक स्थापनाका लागि नगरपालिकाले पटक पटक माग पत्र पेश गर्दै आएको थियो । द्वन्द्वकालमा नेपाल बैंक लिमिटेड दल्लीबाट सदरमुकाम खलङ्गामा विस्थापित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै