+

९.४४ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।  नेप्से परिसूचक मंगलबार ९ दशमलव ४४ अंकले बढेर २ हजार ८५ दशमलव ७१ बिन्दुमा अडिएको छ। 


३ सय १५ कम्पनीको ७६ लाख २४ हजार ३ सय ७६ कित्ता शेयर , ६६ हजार ५ सय ५९ पटक खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रुपैयाँ  बराबरको कारोबार भएको छ ।

व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९ प्रतिशतले बढेको छ ।  सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको  ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ५ लाख ३ हजार ९ सय कित्ता शेयर खरिदबिक्री भइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै