+

तीनदिन उकालोपछि नेप्से ओरालो

काठमाडौँ । यो साता  तीन दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने ओरालो लागेको छ । नेप्से परिसूचक २१ दशमलव ६७ अंकले घटेर २ हजार ९७ दशमलव ९३ को विन्दुमा अडिएको छ । 

बुधबार ३ सय १३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १ सय १० कित्ता शेयर,  ९५ हजार ६ सय ४५ पटक किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २ दशमलव ०४ प्रतिशतले घटेको छ ।
 
सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य बुधबार सबैभन्दा धेरै ९ दशमलव ८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ५ दशमलव ८७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको  ६३ करोड ८७ लाख ८२ हजार ६ सय ९१ रुपैयाँ बराबरको ८ लाख ८९ हजार ८ सय ६८ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै