+

कारोबारको दोस्रो दिन पनि बढ्यो नेप्से

काठमाडौँ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । 

आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो । सोमबार नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर २ हजार १ सय ४ दशमलव ७२ को विन्दुमा कायम भएको हो ।

३ सय ११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५कित्ता शेयर, १ लाख ३ हजार १ सय ५३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैयाँ बराबरको कारोबार भएको  छ ।

 बैंकिङ समूह शून्य दशमलव ०६, लघुवित्त समूह शून्य दशमलव ०५ र निर्जीवन बीमा समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूह १ दशमलव ६४ र जलविद्युत् समूह १ दशमलव ०८ प्रतिशतले बढेका छन् ।

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार ८ सय ९ रुपैयाँ बराबरको ९ लाख ५ सय ११ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै