+

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै छ। कारोबारको चौंथो दिन बुधबार नेप्से १० दशमलव २५ अंकले घटेर २ हजार ८८ दशमलव ०४ को बिन्दुमा अडिएको छ । 

बुधबार विभिन्न ३ सय ११ कम्पनीका १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता शेयर, ९० हजार २ सय १० पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ बराबरको कारोबार भएका छन् ।  बैंकिङ समूह शून्य दशमलव ०९ र म्युचुअल फन्ड समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह १ दशमलव २७ र लगानी समूह १ दशमलव ६५ प्रतिशतले घटेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको ५ लाख ७१ हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै