+

हेटौँडामा धुलो दूधको व्यावसायिक उत्पादनको तयारी अन्तिम चरणमा, प्लान्ट परीक्षण सम्पन्न

मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूधको व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।  बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । 

आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । 

बागमती प्रदेश सरकारको रु ४७ करोड ५० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० शिशौघारीमा केही वर्ष अगाडि धुलो दूध उत्पादन आयोजना स्थापना गरिएको थियो । आयोजनाका लागि बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ जिल्लाका कृषकबाट गरी दैनिक ६० हजार लिटर दूध कृषकबाट खरिद गर्ने योजना रहेको बोर्डले बनाएको छ । 

प्रदेश सरकारले बोर्डलाई चाँडो धुलो दूध उत्पालन गर्न जिम्मेवारी दिएको थियो । व्यावसायिक धुलो दूध उत्पादन गर्न आवश्यक प्राविधिक कर्मचारी र मजदुर नियुक्त गर्न केही समय पर्खिनु परेकाले काममा ढिलाइ भएको बोर्डका कार्यकारी निर्देशक प्रजिता ज्ञवालीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट उत्पादित धुलो दूध स्वदेशलगायत विदेशमा पनि निर्यात गरिने छ ।  

आयोजना सञ्चालन हुँदा प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब ४० व्यक्तिले रोजगारीको अवसर प्राप्त गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै