+

नेप्से ३१.६२ अंकले बढ्यो

काठमाडौँ ।  साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अंकले बढेर २ हजार १ सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ । 

आइतबार  ३  सय १४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता शेयर, ९४ हजार ५  सय २६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८ सय ६ रुपैयाँ  बराबरको कारोबार भएको छ । 

आइतबार होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अंकले घटेको छ ।  अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जनविद्युत समूह ४ दशमलव ५८ र अन्य समूह २ दशमलव ७७ प्रतिशतले बढेको छ ।

जलविद्युत समूहका पाँच कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य दश प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को शेयर मूल्य ९ दशमलव ५३ प्रतिशतले घटेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याको आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर  ३५ करोड ६८ लाख ३८ हजार ७  सय २० रुपैयाँ  बराबरको १२ लाख ७४ हजार ४ सय २४ कित्ता किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै