+

चालु आवको पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा रु ६ खर्ब १३ अर्ब २५ करोड बराबरको रेमिटेन्स स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार रेमिटेन्स आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भएको हो । 


अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख चार हजार ३७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव ३ प्रतिशतले वृद्धि भई रु ६ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव ६ प्रतिशतले बढेको थियो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै